अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माले लिए शपथ

नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माले लिए शपथ


काठमाडौं-नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। डा. शर्मा सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीश बनेका छन्।

मंगलबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

आजै संसदीय सुनुवाइ समितिले शर्माको नाम प्रधान न्यायाधीशमा अनुमोदन गरेको थियो। शर्माले आज नै सर्वोच्च अदालत पुगेर पदभार ग्रहण समेत गर्ने छन्। 

सर्वोच्च अदालत ऐन २०४८ को दफा ८ मा नवनियुक्त प्रधानन्यायाधीशले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उपस्थित थिए।