अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ: हर्क साम्पाङ

जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ: हर्क साम्पाङ


काठमाडौं-श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले संसदभित्रको आफ्नो विरोध कार्यक्रम पाँच वर्षसम्म पनि निरन्तर चल्न सक्ने चेतावनी दिएका छन्।

आज संसद बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद साम्पाङले सरकार जिम्मेवार नभएसम्म विरोध जारी नै राख्ने बताएका हुन्। सांसद साम्पाङसहित उनको दलका सांसदले आज पनि संसदमा पर्चा देखाएर विरोध गरेका थिए।

सांसद साम्पाङ भने, ‘जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ। हाम्रो विरोध पाँच वर्ष नै चल्छ।’

साम्पाङले सरकार जनताका मुद्दाप्रति गम्भीर नभएको आरोप लगाए। सुकुमबासी समस्या, लिपुलेक, विदेशी ऋणलगायतका विषयमा आफूहरूले बारम्बार प्रश्न उठाए पनि मन्त्रीहरूले जवाफ नदिएको उनको गुनासो थियो।

‘हामीले उत्तर पाएका छैनौँ। उहाँहरू आउनुहुन्न। हामीले दबाब दिएपछि आज बल्ल २/४ जना मन्त्री आउनुभो। हामी प्रत्येक दिन नै प्रश्न गर्छौँ,’ साम्पाङले भने।

संसदमा मन्त्री उपस्थित भए पनि आफूहरूलाई प्रश्न गर्ने अवसर नदिइएको साम्पाङको आरोप छ। सभामुखले समय तोकेर बोल्न दबाब दिएकोप्रति पनि उनले असन्तुष्टि जनाए।

“म संसदीय दलको नेता हो । मलाई दुई मिनेट बोल, तीन मिनेट बोल भनेर हुन्छ रु त्यो हुँदैन,” उनले भने।

दिनहुँ विरोध गरिरहँदा निलम्बन हुन सक्ने सम्भावनाबारे सञ्चारकर्मीले प्रश्न गर्दा साम्पाङले आफू त्यसका लागि तयार रहेको बताए।

“ठिक छ त, हामी रेडी छम् । जनताको लागि, सार्वभौम संसदका लागि, व्यवस्थाका लागि निलम्बन हुन तयार छौँ,” उनले प्रतिक्रिया दिए।

साम्पाङले सभामुखले सबै दलप्रति समान व्यवहार गर्नुपर्ने धारणा पनि राखे। सभामुख कुनै एक दलको नभई सम्पूर्ण संसदको साझा अभिभावक हुनुपर्ने उनको भनाइ थियो।

साथै उनले आफूहरूले संसदमा कुनै अमर्यादित व्यवहार नगरेको जिकिर गरे। पर्चा देखाउनु लोकतान्त्रिक विरोधको माध्यम भएको उल्लेख गर्दै उनले नियमावलीमा त्यस्तो कार्य गर्न नपाइने स्पष्ट व्यवस्था भए देखाउन चुनौतीसमेत दिए।

“हामीले तोडफोड गर्‍यौँ रु अपशब्द बोल्यौँ रु कसैमाथि केही गर्‍यौँ रु एउटा पर्चा देखाएर हाम्रो माग राख्न पनि पाइँदैन रु पर्चा बोकेर जान पाइँदैन भनेर कहाँ लेख्या छ रु” साम्पाङले प्रश्न गरे।

उनको अभिव्यक्तिपछि संसदभित्रको विरोध शैली, सभामुखको भूमिका र साना दलहरूको आवाजलाई लिएर नयाँ बहस सुरु भएको छ।