काठमाडौँ-पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तासँग सर्वोच्च अदालतले ५० लाख धरौटी माग गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्ववय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गुप्तालाई ५० लाख नगद धरौट वा सो बराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको हो।
मङ्गलवार नै सो आदेश भएपछि धरौटी रकमबारे इजलासले बुधबार निवेदक पक्षलाई जानकारी गराएको हो । पूर्व सामान्य प्रशासन मन्त्री गुप्तालाई २०८२ पुस १७ मा विशेष अदालतले थुनामा राख्न आदेश गरेको थियो । सो आदेश अनुसार उनी कारागार कार्यालय डिल्लीबजारमा थुनामा थिए ।
सर्वोच्चले पूर्वमन्त्री रन्जिता श्रेष्ठको हकमा विशेष अदालतले २०८२ फागुन १० मा गरेको आदेश सदर गरेको छ ।




प्रतिक्रिया