काठमाडौं-पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको छ।
किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो। उनीहरूको शव नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ।
साउन १४ गते ब्रोड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा परी उनीहरू तीन जनासहित कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’ र नवाङ थिन्डु शेर्पासहित ६ नेपाली आरोहीको मृत्यु भएको थियो। घटनामा अन्य चार जनाको समेत ज्यान गएको थियो।
यसअघि पुरबहादुर गुरुङ ‘युक्ता’को शव साउन २१ गते नेपाल ल्याएर स्वयम्भूमा अन्त्येष्टि गरिएको थियो। निर्मल पुर्जाको परिवार बेलायतमा रहेकाले उनको अन्त्येष्टि लन्डनमा गरिने भएको छ।
नवाङ थिन्डु शेर्पाको शव भने भौगोलिक कठिनाइका कारण अझै सङ्कलन गर्न नसकिएको जनाइएको छ।









प्रतिक्रिया