अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा नेता रविन्द्र यादव पक्राउ

रास्वपा नेता रविन्द्र यादव पक्राउ


रौतहट-सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरी गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता रविन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले गरुडा नगरपालिकाका रास्वपा सभापति यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।

प्रहरीका अनुसार यादवमाथि सामाजिक सञ्जालमा राजनीतिक तथा व्यक्तिगत विषयलाई लिएर अभद्र अभिव्यक्ति दिएको आरोपमा अनुसन्धान भइरहेको छ। घटनाबारे थप अनुसन्धानपछि आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत राजनीतिक तथा व्यक्तिगत विषयलाई लिएर एक-अर्काविरुद्ध आपत्तिजनक तथा अभद्र अभिव्यक्ति दिने क्रम बढिरहेका बेला रास्वपा स्थानीय नेताको पक्राउलाई रौतहटमा चासोका साथ हेरिएको छ।