अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेनलाई टर्किएका राष्ट्रपतिको निम्तो

प्रधानमन्त्री बालेनलाई टर्किएका राष्ट्रपतिको निम्तो


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले निम्तो पठाएका छन्।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन एर्दोगानले प्रधानमन्त्री बालेनलाई निमन्त्रणा पठाएका हुन्।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको जानकारी दिए।

कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्ताल्यामा हुँदैछ।