अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माइतीघरमा लघुवित्तपीडितद्वारा आत्मदाह प्रयास

माइतीघरमा लघुवित्तपीडितद्वारा आत्मदाह प्रयास


काठमाडौं-माइतीघर मण्डलामा जारी लघुवित्तपीडितहरूको प्रदर्शनका क्रममा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। प्रहरीले समयमै हस्तक्षेप गरी उनलाई उद्धार गरेको छ।

प्रहरीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका-६ निवासी करिब ४५ वर्षीय नथुरी मुखियाले आन्दोलनका क्रममा आफ्नो शरीरमा मट्टितेल खन्याएर आगो लगाउने प्रयास गरेका थिए। तर आगो लगाउन नपाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएर उद्धार गरेको थियो।

प्रहरी अनुसार मुखियालाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको छ। उनले आँखा पोल्ने समस्या भएको गुनासो गरेपछि अस्पताल पुर्‍याइएको हो।

प्रहरीका अनुसार उनको शरीरको माथिल्लो भागमा सामान्य जलनजस्तो देखिए पनि अवस्था खतरामुक्त रहेको छ। घटनापछि माइतीघर क्षेत्रमा केही समय तनावपूर्ण अवस्था बनेको थियो।