अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोल्पामा पहिरोले घर-गोठ पुरिँदा दुई जनाको मृत्यु, दुई घाइते

रोल्पामा पहिरोले घर-गोठ पुरिँदा दुई जनाको मृत्यु, दुई घाइते


रोल्पा-अविरल वर्षापछि गएको पहिरोले घर तथा गोठ पुरिँदा रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परी थबाङ-५ बोटलबारा निवासी १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको हो। घटनामा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्।

प्रहरीका अनुसार २०८३ साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा घरसहित गोठ पुरिएका थिए। घटनास्थलमा प्रहरी टोली गएराति पुगेको थियो।

प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते दुवै जनाको उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार पहिरोका कारण बोटलबारा क्षेत्रमा करिब छ घर तथा गोठमा क्षति पुगेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।