अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा ओली समूहको चितवन अध्यक्षमा पार्वती रावल चयन

नेकपा ओली समूहको चितवन अध्यक्षमा पार्वती रावल चयन


चितवन : नेकपा केपी शर्मा ओली समूहको चितवन जिल्ला अध्यक्षको जिम्मेवारी पार्वती रावलले पाएकी छन् । यमबहादुर परियारलाई हटाएर ओली पक्षको जिल्ला कमिटी बैठकले रावललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

नीति सिद्धान्त आदर्श र पार्टी एकता विरोधि गतिविधिमा संलग्न भएको आरोप लगाउँदै नेकपाका जिल्ला अध्यक्ष परियरलाई अध्यक्षबाट हटाइएको नेकपा केन्द्रीय सदस्य पुरूषोत्तम न्यौपानेले जानकारी दिए ।

नवनियुक्त अध्यष रावल तत्कालीन एमालेको जिल्ला सचिव एवम् राष्ट्रियसभा सांसद हुन् । त्यस्तै, बैठकले नेता प्रकाश खनाल शैलेशलाई सचिवमा चयन गरेको छ । सचिव बनेका खनाल रामबहादुर थापा बादल समूहका हुन् ।

बैठकले १० औँ जिल्ला अधिवेशन गराउन ५०१ सदस्यीय आयोजक कमिटीसमेत गठन गरेको छ । कमिटीका सबै सदस्यको सपथ ग्रहण १० फागुनमा राखिएको छ ।