अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु, आफन्तद्वारा राजमार्ग अवरुद्ध

कैलालीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु, आफन्तद्वारा राजमार्ग अवरुद्ध


कैलाली- कैलालीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बुधबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ८४०६ नम्बरको ट्रकले लु ७८ प ३९०५ अस्थायी नम्बर मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका-४ का २४ वर्षीय दिनेश चौधरी र जानकी गाउँपालिका-१ का १८ वर्षीय सन्ध्या चौधरी रहेका छन् ।

लम्की चुहानगरपालिलका-१० चुहामा भएको दुर्घटनामा मोटरसाइकल चालक दिनेश चौधरीको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाईकलमा पछाडि सवार घाइते सन्ध्याको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्लाप्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए ।

दुर्घटनापछि मृतकका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् भने ठक्कर दिने ट्रकमाथि तोडफोडसमेत गरेका छन् । चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको बताउँदै अवरुद्ध सडक खुलाउनका आवश्यक पहल भइरहेको प्रवक्ता विष्टले जानकारी दिए ।