अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीसँग कोप २६ टोली

प्रधानमन्त्रीसँग कोप २६ टोली


बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन –(कोप २६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष भेट गरेको छ ।

भेटका क्रममा टोलीले नेपालको मौसम परिवर्तनबाट नेपालको हिमालय क्षेत्रमा परिरहेका प्रभावहरुका बारे जिज्ञासा राखेको थियो । यसबारे अध्ययन गर्न कोप २६ इच्छुक रहेको समेत टोलीले बताएको थियो ।

मौसम परिवर्तनसम्बन्धी विषयलाई सम्बोधन गर्न नेपालल आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमप्रति टोली सकारात्मक रहेको विचार पनि व्यक्त गरेको थियो । यसका लागि आवश्यक सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी पनि प्रधानमन्त्रीसमक्ष टोलीले रोखेको थियो ।

नेपालले कार्बन उत्सर्जन कम गर्न सन् २०३० देखि ५० सम्मका लागि बनाएको योजना राम्रो रहेको भनाई पनि टोली प्रमुख शर्माको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले कोप २६ टोलीले सम्मेलनको सम्मेलन पुर्व भ्रमण गर्ने मुलुकमा नेपाललाई समेत समावेश गरेकोमा धन्यवाद दिनुभएको थियो । साथै उहाँले नेपालले कार्बन उत्सर्जन घटाउनका लागि गरेका प्रयासहरु र यससम्बन्धी सरकारका प्रतिवद्धताबारे टोलीलाई जानकारी दिनुभएको थियो । ‘नेपाल विश्वव्यापी मौसम परिवर्तनका कारण हिमाली क्षेत्रमा परेका प्रभावहरु बारे अन्तर्राष्ट्रिय समुदायको ध्यान पुगोस् भन्ने चाहन्छ’, प्रधानमन्त्रीको भनाई थियो ।

गतवर्ष कोभिड १९ को महामारीका कारण स्थगित सगरमाथा संवाद कार्यक्रम आगामी दिनमा आयोजना गरिने जानकारी पनि प्रधानमन्त्रीले दिनुभएको थियो ।

आगामी नोभेम्बर महिनामा बेलायतको ग्लासगाउमा मौसम परिवर्तन सम्बन्ध २६ औं अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सन् २०२० को नोभेम्बरमा तय भएको यो सम्मेलन कोभिड १९ प्रकरणका कारण एक वर्ष पर सारिएको हो ।