अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभोको निधन

इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभोको निधन


इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभो नोबोयको ८३ वर्षको उमेरमा निधन भएको छ ।

अकस्मात हृदयघातका कारण मङ्गलबार उहाँको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँलाई यही फ्रेबु्रअरी ९ मा हृदयघात भएको हो । हृदयघात भएपछि उहाँलाई थप उपचारका लागि अमेरिका लगिएको थियो । तर उपचारकै क्रममा उहाँको निधन भएको अस्पतालले जनाएको छ ।

ज्याक्सन मेमोरियल अस्पताल फ्रोरिडामा उहाँको उपचार गराइएको थियो । उहाँको उपचार सफल नभएपछि उहाँका आफन्त तथा सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । पूर्वराष्ट्रपति नोबोयको निधनमा शोक र सम्मान व्यक्त गर्दै राष्ट्रिय शोकसमेत घोषणा गर्न लागेको जानकारी उहाँले दिनुभएको छ ।

उहाँले नोबोयलाई आफ्नो अति आदरणीय, अविस्मरणीय र असल व्यक्तिका रुपमा स्मरण पनि गर्नुभएको छ । नोबोयको निधनले आफूले अति असल मित्र र देशले असल अविभावक गुमाउनु परेको राष्ट्रपति मोरेनोले उल्लेख गर्नुभएको छ ।