अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदनकृष्णको स्वरमा ‘फुलबुट्टे सारी’

मदनकृष्णको स्वरमा ‘फुलबुट्टे सारी’


काठमाडौं- राजनराज शिवाकोटीको गीत ‘फूल बुट्टे सारी’ को कभर गीत वरिष्ट हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठले गाउनुभएको छ ।

मंगलबार एक कार्यक्रम आयोजना गरी भिडियोसहितको गीत सार्वजनिक भएको छ । मदनले स्वर दिनुभएको भिडियोमा मिथिला शर्मा र मदनकृष्णले अभिनय गर्नुभएको छ ।

गीतको शब्द तथा संगीत राजनराज शिवाकोटीले तयार पार्नुभएको हो भने सञ्जिव बराइलीले एरेञ्ज गर्नुभएको हो । यस्तै यो गीतलाई स्याम श्वेत रसाइलीले मिक्सिङ गर्नुभएको छ ।

सार्वजनिक भिडियोलाई राजेश पुमा राईले निर्देशन गर्नुभएको छ । यो गीतलाई मोहन गुरुङले उत्पादन गर्नुभएको हो ।

यो गीत योभन्दा पहिले मार्मिक लामा, मिलन नेवार, अरिष्मा शिवाकोटीको स्वरमा रेकर्ड भइसकेको छ ।