अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरमा गुञ्जियो– जता टाल्यो उतै नि भ्वाङ पर्‍यो, के साह्रो हउ कुर्सीको हतारो…

विराटनगरमा गुञ्जियो– जता टाल्यो उतै नि भ्वाङ पर्‍यो, के साह्रो हउ कुर्सीको हतारो…


विराटनगर- नेपाल कम्युनिष्ट पार्टीले आज विराटनगरमा आयोजना गरेको जनसभामा साङ्गीतिक माहोल पनि तातिरहेको छ ।

स्थानीय कलाकारहरूले सरकारलाई अस्थिर बनाउन आफ्नै पार्टीका नेताहरूबाट विभिन्न खेल भइरहेको गीत कलाकारहरूले पस्किएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महांसघ प्रदेश १ कमिटी सदस्य मोरङ पथरी शनिश्चरेका गायक वीरध्वज शिवाले ‘जता टाल्यो उतै नि भ्वाङ पर्‍यो’ बोलको गीत प्रस्तुत गरेका छन् ।

पर्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक किचलोलाई जतिसुकै टाल्न र मिलाउन खोजे पनि अन्तत: त्यो प्रयासलाई च्यातेर र भ्वाङ पारेर केही नेताहरू कुर्सी मोहमा दौडिएको भाव गीतले बोलेको छ ।

केही नेताहरू पदलोभको फलफूल खान हिँडेकाले उनीहरू सिस्नोघारीमा पुगेको सत्यता पनि गीतले बोलेको छ ।

‘भ्यागुत्तो जति उफ्रे भ्यागुत्तो कुवामा, धर छैन टाँस्सिएर जुवामा,’ भन्दै उनले गीतमार्फत सत्तालिप्सा बोकेका नेताहरूको औकात दर्साएका छन् ।

केहीबेरमा नै जनसभाका प्रमुख अथिति प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपा नेता सुवास चन्द्र नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनसभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

जनसभामा प्रदेश १ सहित देशका विभिन्न जिल्लाका नेकपा समर्थित कार्यकर्ता, स्थानीय नेता तथा सर्वसाधारण गरी २ लाखभन्दा बढीको उपस्थिति रहने नेकपा प्रदेश १ ले जानकारी दिएको छ ।

जनसभामा विभिन्न जिल्ला तथा स्थानीय तहबाट सहभागीहरूको उपस्थिति भइरहेको छ ।

आकाशैमा सूर्य भो झलल
आयो रेल जाउँ युवा सरर
डाँडाकाँडा केबलकार लर्कंदै
साँचो कुरा जनतालाई बुझाउँदै
सीमानामा हउ दाजु पर्खालै लगाउने
सुरूङमार्ग आफ्नो गाउँ आफैंले बनाउने

सडकसञ्जाल देशभरि फैलियो
चुच्चे नक्सा थपेर छाडियो
जता टाल्यो उतै नै भ्वाङ पर्‍यो
के साह्रो हौ कुर्सीको हतारो
धेरै जोरी नखोज यसरी फेरि
जनताले लगाउलान् हातैमा हत्कडी

जति उफ्रे भ्यागुत्तो कुवामा
भर छैन टाँसेको जुँगामा
हुडारहरू वर छेउमा कराउँछन्
केपी ओली जनता भन्दैछन्
फलफूल खान हिँडेथ्यौ सुन्तलाबारीमा
तर पुग्यौ साइँलादाइ सिस्नोको बारीमा
आयो रेल………