अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ : विदेशमन्त्री ब्लिंकेन

अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ : विदेशमन्त्री ब्लिंकेन


वासिङ्टन- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताउनु भएको छ । उहाँले महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको बताउनु भएको हो ।

पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिनु भएको बताइएको छ । सो अन्तर्वार्ताको क्रममा कोरोना भाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गर्नु भएको समाचारमा जनाइएको छ ।

अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आउनु भएपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कयौँ निर्णयलाई उल्टाइएको छ ।