अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छोरा अपहरण गरेको आरोपमा बाबु पक्राउ, बालकको सकुशल उद्धार

छोरा अपहरण गरेको आरोपमा बाबु पक्राउ, बालकको सकुशल उद्धार


जकनपुरधाम- धनुषाको नगराइन नगरपालिका-६ मा आफ्नै छोरालाई अपहरण गरेर फिरौती मागेको आरोपमा बाबुसहित ६ जना पक्राउ परेका छन् ।

अपहरण गरेको आरोपमा प्रहरीले बालकका बाबु रमेश साह, उनका मामा र उपहरण गरी राखेको आरोपमा धनुषाकी एक महिलासहित ६ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार रमेशले आफ्नै ६ बर्षीय छोरालाई अपहरण गरी उनको हजुरबुबासँग १ करोड फिरौती माग गरेका थिए ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा खटेको प्रहरीको टोलीले अपहरित बालकको सकुशल उद्धार गरेको छ ।