अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाकाली करिडोरको काम सहज हुन्छ : वनमन्त्री आले

महाकाली करिडोरको काम सहज हुन्छ : वनमन्त्री आले


कञ्चनपुर- वन तथा वातावरणमन्त्री प्रेम आलेले महाकाली करिडोर निर्माण सहज हुने बताउनुभएको छ । भीमदत्त नगरपालिकाले आयोजना गरेको चौथो शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले सो करिडोरका लागि वन मन्त्रालयबाट भइरहेको बाधा व्यवधान हटाउने प्रतिबद्धता जनाउनुभयो ।

करिडोर कञ्चनपुरको ब्रम्हदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलासम पुग्ने छ । उहाँले नेपाल र भारतबीच जोड्न महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुलका लागि २५० क्विन्टलका ढुङ्गा आवश्यकता परेको र वनको मापदण्डअनुसार समस्या भएको गुनासोलाई वन मन्त्रालयले सहज बनाउने बताउनुभयो । सो पुल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ । उक्त पुल निर्माणको सुरुवात केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा गरिएको थियो ।

मन्त्रालयले सात वटै प्रदेशमा चिडियाखाना निर्माणको पहल गर्ने मन्त्री आलेलेले जानकारी दिनुभयो । साथै उहाँले नेपालमा पनि २५ ठाउँमा खुला चिडियाखाना बनाइने बताउनुभयो ।

कञ्चनपुरमा २०५८ सालदेखि समस्याका रूपमा रहेको आररक्ष विस्थापितको समस्यालाई समाधान गर्न मन्त्री आलेले चाँडै जग्गाधनी बनाउने गरेर प्रक्रिया थाल्ने प्रतिबद्धता जनाउनुभयो ।