अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडक दुर्घटनामा परी छट्पटाइरहेका चार जनालाई प्रदेश प्रमुखले अस्पताल पुर्‍याए

सडक दुर्घटनामा परी छट्पटाइरहेका चार जनालाई प्रदेश प्रमुखले अस्पताल पुर्‍याए


जनकपुरधाम- प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले सडक दुर्घटनामा छट्पटाइरहेका चार जनालाई उद्धार गरी अस्पताल पुर्‍याएका छन् ।

प्रदेश प्रमुख डा.अहिराज जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जंगलमा सडक दुर्घटनामा परी ४ जना छट्पटाइरहेका थिए ।

ती चारै जनालाई छट्पटाइरहेका चारै जनालाई प्रदेश प्रमुखले हेर्ने बित्तिकै आफ्नो गाडी रोकी घाइतेहरुलाई गाडीमा राखेर रौतहट जिल्लाको चपुरस्थित अस्पतालमा पठाएका छन् ।

डा.अहिराजले आफ्ना एक जना सुरक्षाकर्मीसहित ती चारै जना घाइतेलाई अस्पतालतर्फ पठाएको उनीनिकट स्रोतले जनाएका छन् ।

प्रदेश प्रमुख डा.अहिराजले नागरिकको जीवन रक्षाभन्दा ठूलो कुनै पनि कार्यक्रम नहुने प्रतिक्रिया दिएका छन् ।