अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुवावेका स्मार्टफोनको बिक्री घट्यो

हुवावेका स्मार्टफोनको बिक्री घट्यो


काठमाडौं- चिनियाँ टेलिकम कम्पनी हुवावेले उत्पादन गरेको स्मार्टफोन (मोबाइल) को बिक्री सन् २०२० को अन्तिम त्रैमासिकमा घटेको छ ।

अनुसन्धान संस्था क्यानालिसका अनुसार हुवावेमाथि अमेरिकाले लगाएका प्रतिबन्धहरूका कारण हुवावेका स्मार्टफोनहरूको बिक्रीमा ठूलो असर परेको हो ।

गत वर्ष अक्टोबरदेखि डिसेम्बरमा चीनभित्र हुवावेका स्मार्टफोनको बिक्रीमा ४४ प्रतिशतले कमी आई १ करोड ८८ लाख थान बिक्री भएको क्यानालिसले जनाएको छ । औद्योगिक विश्लेषण गर्ने इन्टरनेसनल डेटा कर्पले पनि गत साता सार्वजनिक गरेको विवरणमा चीनबाट अन्यत्र मुलुकमा पठाइएका मोबाइल सेटको संख्यामा ४३ प्रतिशतले कमी आई ३ करोड २० लाख रहेको जनाएको थियो ।

क्यानालिसका अनुसन्धाता निकोल पेङले देशभित्रै पनि हुवावे निकै कठिन समयबाट गुज्रिरहेको बताउनुभयो । अमेरिकी प्रतिबन्धहरूका कारण हुवावेले देशको आन्तरिक मागलाई पनि पूरा गर्न समस्या भइरहेको उहाँको भनाई छ ।