अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद किनबेच सुरु हुने भयोः कमल थापा

सांसद किनबेच सुरु हुने भयोः कमल थापा


काठमाडौं– राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधि सभा पुनर्स्थापनापछि सांसद किनबेच सुरु हुने आशंका व्यक्त गर्नुभएको छ ।

‘विघटन सम्बन्धि वैधानिक विवाद तत्कालका लागि अन्त भएको छ। तर, प्रतिनिधिसभा पुनर्स्थापना सँगै सांसद किनबेच,अपवित्र गठबन्धन एवं अस्थिरता र अराजकताको नयाँ श्रृंखला सुरू हुने सम्भावना बढेको छ,’ थापाले भन्नुभयो, ‘यो फैसलाले प्रजातान्त्रिक मूल्य मान्यता कसरी जोगाउने नयाँ चुनौती खडा भएको छ ।’ मुलुकमा विद्यमान भ्रष्टाचार, कुशासन र सर्वसत्तावाद अन्त्य गर्न ताजा जनादेशमा जानु नै उपयुक्त हुने थापाको विचार छ ।

अध्यक्ष थापाले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकोले सर्वोच्चको फैसला सबैले स्वीकार गर्नुको विकल्प नभएको पनि उल्लेख गर्नुभएको छ ।