अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुसद्वारा निर्मित खोप प्रयोगका लागि इजिप्टले दियो अनुमति

रुसद्वारा निर्मित खोप प्रयोगका लागि इजिप्टले दियो अनुमति


कायरो- इजिप्ट सरकारले रुसद्वारा निर्माण गरिएको कोभिड-१९ विरुद्धको खोप स्पुपनिक भि को प्रयोगका लागि अनुमति दिएको छ । रुसको सो कम्पनीले उत्पादन गरेको स्पुतनिक भि खोप आकस्मिक प्रयोगका लागि अनुमति दिएको बताइएको छ ।

इजिप्टको औषधिसम्बन्धी निकायले यस खोपको आकस्मिक प्रयोगका लागि अनुमति दिएको अधिकारीहरुले जनाएका छन् । औषधिसम्बन्धी निकायका प्रमुख सेन्ट्रल एड्मिनिस्ट्रेसन फर बायोलोजिकल एण्ड इनोभेटिभ प्रोडक्ट्स प्रमुख मोहमद यासिनले सो कुराको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार सो औषधि सम्बन्धी निकायले रुसले निर्माण गरेको खोपलाई इजिप्टमा आकस्मिक प्रयोगका लागि अनुमति दिइएको जानकारी दिनुभयो । उहाँले इजिप्ट सरकारले यसअघि नै सो खोपको प्रयोगका लागि इजिप्टको प्रयोगशालाबाट अनुमति दिइसकिएको जानकारी पनि दिनुभयो । स्वास्थ्यकर्मीहरुलाई लगाइएको र त्यसपछि अरु क्षेत्रका मानिसलाइ दिइने योजना बनाइएको छ । तर पछि सर्वसाधारण नागरिकले पनि लगाउन पाउने छन् ।

उनीहरुका अनुसार नागरिकले प्रति डोजको १२.८ अमेरिकी डलरका दरले लगाउन पनि पाउने भएका बताइएको छ । सरकारले यो शुरुको डोज स्वास्थ्यकर्मी तथा आवश्यकताका आधारमा जोखिममा रहेका नागकिरलाई दिने छ भने अरू खोप सर्वसाधारणका लागि पनि दिइने बताइएको छ ।

यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुका अनुसार सुरुमा यो खोप स्वास्थ्यकर्मी हुदै अरु आवश्यक परेका अथवा जोखिममा परेका नागरिकलाई दिइने छ भने त्यसपछि भने सर्वसाधारण नागरिकले पनि तोकिएको मूल्य तिरेर लगाउन पाउने भएका छन् ।