अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली झापामा, क्यान्सर अस्पताल उदघाटन र सन्थाल बस्ती शिलान्यास गर्ने

प्रधानमन्त्री ओली झापामा, क्यान्सर अस्पताल उदघाटन र सन्थाल बस्ती शिलान्यास गर्ने


दमक– प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान झापा आइपुग्नुभएको छ ।

बिर्तामोडमा निर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका लागि प्रधानमन्त्री झापा आउनु भएको हो । गत आइतबार पनि आफ्नो निर्वाचन क्षेत्रका विकास योजना उद्घाटन र शिलान्यासका लागि उहाँ झापा आउनु भएको थियो ।

अस्पताल उद्घाटनका लागि प्रधानमन्त्री ओलीसँगै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पर्यटनमन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे र पूर्वमन्त्री महेश बस्नेत

प्रधानमन्त्री ओलीले मंगलबार नै लोपोन्मुख एवं अल्पसंख्यक सन्थाल समुदायका लागि निर्माण हुने बस्तीको मोरङको उर्लाबारीमा शिलान्यास गर्ने कार्यक्रम छ ।

सन्थाल जातिका लागि ३० करोड रुपैयाँ खर्च गरेर उर्लाबारी नगरपालिका– ८ र ९ को सीमानामा रहेको रातोहोली खोल्सीको छेउमा एकीकृत बस्ती निर्माण गरिने भएको हो।

उहाँका अनुसार दुई वर्षभित्रमा काम सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयले जनता आवास कार्यक्रममार्फत बस्ती निर्माण गर्ने भएको हो।