अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-माधव समूहको बैठक : प्रचण्डलाई बैठकैपिच्छे संसदीय दलको नेता

प्रचण्ड-माधव समूहको बैठक : प्रचण्डलाई बैठकैपिच्छे संसदीय दलको नेता


काठमाडौं- नेकपाको प्रचण्ड-माधव समूहले एउटै व्यक्तिलाई अनेक बैठकमा संसदीय दलको नेता चुन्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गरे लगत्तै पुष ८ गते प्रचण्डलाई सो समुहको संसदीय दलको नेता चयन गरेको सार्वजनिक गरेको थियो ।

त्यसको दुई महिना ११ दिन पछि आज प्रचण्डलाई सो समूहको स्थायी कमिटीले दलको नेता चयन गरेको छ । त्यसले पनि नपुगेर आजै सो केन्द्रीय कमिटीको बैठकमा प्रचण्डलाई दलको नेता चुन्ने प्रस्ताव लगेको छ ।

‘हाम्रो समूहसँग एजेण्डा सकिएको हो कि गर्नुपर्ने यसै हो कि हामी त अलमलमा परेका छौं’ एक जना केन्द्रीय सदस्यले नेपाली बहससँग भन्नुभयो ‘पहिला पहिला त संसदीय दलले नेता चुन्थ्यो । अहिले त स्थायी कमिटी हुदै केन्द्रीय कमिटीसम्म आइसक्यो यो बिषय । अझै यो भन्दा तल्ला कमिटीमा पनि यो एजेण्डा जाला कि भन्ने भइसक्यो हामीलाई त ।’

समूहको संसदीय दलले नै नेता चुनेको हो भने विभिन्न कमिटीका बैठकमा किन त्यही एजेण्डा घुसाएको भनेर कतिपय केन्द्रीय सदस्यले आपत्री जनाएका छन् । ‘हाम्रो यो एजेण्डा सुनेर मान्छेहरूले खिसी गर्न थालीसके । न यो निर्णयलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ । न संसद सचिवालयले’ अर्का केन्द्रीय सदस्य भन्नुहुन्छ ‘दलको नेता भन्दै निर्णय गर्दै हिड्या छ । कानुन र विधीले केपी ओलीलाई चिनेको छ । हामीले बैठकैपिच्छे निर्णय गरेर के हुन्छ ?’

सो समूहमा रहेको पूर्व एमालेका एक स्थायी कमिटी सदस्यका अनुसार कुनै पनि बेला माधव नेपालले दलको नेता दाबी गर्नुहुन्छ कि भनेर प्रचण्डमा शंका भएका कारण उहाँ बैठकै पिच्छे आफूलाई दलको नेतामा निर्णय गराउन चाहनुहुन्छ । ‘आफ्नो पक्षमा सधैं बहुमत देखाएर माधव नेपालाई दबाबमा राख्ने उहाँको नीति हो यो’ ति स्थायी सदस्यको भनाइ छ ।