अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रमा फर्कने सम्भावना निकै कम छ : लेखराज भट्ट

माओवादी केन्द्रमा फर्कने सम्भावना निकै कम छ : लेखराज भट्ट


काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफू नेकपा माओवादी केन्द्रमा फर्कने सम्भावना कम रहेको बताउनुभएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोल्दै उहाँले माओ‌वादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि आफू पार्टीमा फर्कने सम्भावना कम रहेको बताउनुभएको हो ।

‘समर्थन फिर्ता लिएपनि फर्कने सम्भावना मैले देख्दिँन । सांसद पद गए जाओस् भन्ने बारेमा पछि पनि छलफल गर्दै छौँ के हुन्छ । कानुनी प्रक्रिया, समग्र सोचेरै निष्कर्ष निकाल्छौँ,’ मन्त्री भट्टले भन्नुभयो ।

मन्त्री भट्ट माओ‌वादी केन्द्रका प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पनि मन्त्री भट्ट ओली पक्षमै रहेका थिए ।