अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल शान्तिपूर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली

नेपाल शान्तिपूर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब विखण्डनवादको अन्त्य भएको बताउनुभएको छ ।

उहाँले हिंसाको बाटोमा लागेकालाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काएकाले आन्तरिक हिंसा टुंगिएको र विखण्डनवादको पनि अन्त्य भएको बताउनुभएको हो ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल राष्ट्रिय एकताको शान्तिपूर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेकोसमेत बताउनुभयो ।

उहाँले सम्मृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय उद्देश्य र गन्तव्य प्राप्त गर्न सबै व्यवधानहरू हटेकाले अब नेपाल सजिलै सम्मृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै, प्रधानमन्त्री ओलीले सुरक्षा परिषद्को संबैधानिक कानूनी र व्यवहारिक रूपमा सही प्रयोग भइरहेको दाबी गर्नुभयो । विशेष गरी प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेनाको परिचालन एवं प्रयोग सही ढंगले गर्ने सवालमा परिषद्ले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।