अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीसँग वार्ता गर्न जसपाका शीर्ष नेता बालुवाटारमा

प्रधानमन्त्रीसँग वार्ता गर्न जसपाका शीर्ष नेता बालुवाटारमा


काठमाडौं- जनता समाजवादी नेपाल (जसपा)का शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुग्नु भएको छ ।

सत्ता सहकार्य र अन्य राजनीतिक षियमा छलफल गर्नका लागि जसपा शीर्ष नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई बालुवाटार पुग्नु भएको हो ।

प्रधानमन्त्रीसँग भेट्न जानुअघि जसपाका शीर्ष नेताहरूले आज बिहान आन्तरिक छलफल गरेका थिए ।

जसपाले सरकारसँग रेशम चौधरी, थरुहट आन्दोलनको मुद्दा र संविधान संशोधनलगायत माग राख्दै आएको छ ।