अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारबाट निस्किएपछि जसपा नेताहरूले भने- ‘प्रधानमन्त्रीसँग धेरै आशावादी छौं’

बालुवाटारबाट निस्किएपछि जसपा नेताहरूले भने- ‘प्रधानमन्त्रीसँग धेरै आशावादी छौं’


काठमाडौं- सत्ता साझेदारीका लागि प्रधानमन्त्रीसँग छलफलमा पुगेका जनता समाजवादी पार्टी(जसपा)का नेताहरुले भेटघाट सकारात्मक भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीसँग छलफल गर्न पुगेका नेताहरुले विगत देखि नै आफूहरुले राख्दै आएका माग प्रधानमन्त्रीलाई स्मरण गराएका छन् । स्रोतका अनुसार उनीहरुले कैलाली घटनामा जेल भुक्तान गरिरहेका रेशम चौधरीको बिना सर्त रिहाको माग गरेका छन् । यसैगरी मधेस आन्दोलनका घाइतेको उपचार, त्यसबेला पक्राउ परेका कार्यकर्ताको विनासर्त रिहाइ लगायतका माग गरेका छन् ।

आजको बैठकमा बिषय प्रवेश गरेको र यसलाई क्रमशः छलफल गरेर अघि बढ्ने सहमति भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिनुभयो । ‘वार्ता सकारात्मक दिशामा अघि बढेको छ । आज अनौपचारिक छलफल भएको छ । भोलिदेखि बिषयमा केन्द्रित भएर छलफल अगाडी बढ्छ,’ भट्टराईले नेपालीबहस डट कमसँग भन्नुभयो ।

वार्तामा सहभागी एकजना जसपाका नेताका अनुसार कार्यदलका तहमा पनि छलफल गर्ने र आवश्यक परेमा प्रधानमन्त्रीसँग पनि पुन छलफलमा बस्ने गरी आजको छलफल सकिएको हो । ‘प्रधानमन्त्रीबाट यसपालि हामी धेरै आशावादी छौं,’ ती नेताले भने, ‘हाम्रा मागलाई सम्बोधन हुने संकेत पाएमा सरकारलाई समर्थन दिंदै सरकारमा पनि सहभागी हुन्छौं ।’