अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीसँग एमाले केन्द्रीय सदस्यहरूको छलफल सुरु

प्रधानमन्त्रीसँग एमाले केन्द्रीय सदस्यहरूको छलफल सुरु


काठमाडौं– चैत १ गतेदेखि बोलाइएको केन्द्रीय कमिटी बैठकको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूसँग छलफल सुरु गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा प्रधानमन्त्री निकट केन्द्रीय सदस्यहरूको सहभागिता छ । छलफल पार्टीले लिने नीति र केन्द्रीय कमिटीको बैठकमा केन्द्रित रहेकाे एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालले जानकारी दिनुभयो ।

नेकपा एमालेको नवौं महाधिवेशन र त्यसपछि मनोनीत केन्द्रीय सदस्यहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले अनौपचारिक छलफल गर्नुभएको हो ।

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक चैत १ गते बोलाइएको छ ।

एमालेको २०५ सदस्यीय केन्द्रीय कमिटीका बहुमत सदस्य प्रधानमन्त्री ओलीको पक्षमा हुनुहुन्छ ।