अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय, अर्को बैठकले जिल्ला इन्चार्ज तोक्ने

एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय, अर्को बैठकले जिल्ला इन्चार्ज तोक्ने


काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी अब २६४ सदस्यीय बनेको छ । आज थप २३ जनालाई मनोनित गरिएसँगै एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय बनेको हो ।

२०७१ सालको नवौँ महाधिवेशनबाट २ सय जना केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए । त्यस्तै, २०७५ जेठ ३ गते पार्टी एकता हुँदा थप ४२ जना केन्द्रीय कमिटीमा मनोनित भएका थिए ।

पुस ६ र ९ गते मनोनयन भएका केन्द्रीय सदस्यहरूले मान्यता पाउने/पाउने भन्ने विषयमा भने आजको केन्द्रीय कमिटीको बैठकमा छलफल भएन ।

तत्काललाई जिल्ला कमिटी र जन संगठनका कमिटीलाई भने यथावत राखिने भएको छ ।

चैत ७ गते बस्ने एमाले केन्द्रीय बैठकले सबै जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने निर्णयसमेत भएको केन्द्रीय कमिटी सदस्य देवेन्द्र दाहालले जानकारी दिनुभयो ।