काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिने निर्णय गरेको छ ।
आज बालुवाटारमा बसेको बैठकले ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
एमाले र माआवोदी केन्द्रबीच एकता हुँदा पार्टी प्रवक्ताको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाउनु भएको थियो ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि एमालेको प्रवक्ताको जिम्मेवारी ज्ञवालीलले पाउनु भएको हो ।
प्रतिक्रिया