अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय सदस्य बनेका २३ पूर्वमाओवादी नेताहरू [सूचीसहित]

एमाले केन्द्रीय सदस्य बनेका २३ पूर्वमाओवादी नेताहरू [सूचीसहित]


काठमाडौं- नेकपा एमाले ब्यूँतिएपछि माओवादी केन्द्रमा नफर्किएका २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

एमालेको केन्द्रीय सदस्य मनोनयन हुनेमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, गौरीशंकर चौधरी, ज्वाला शाह, टेकबहादुर बलमपाखी, कमल चौंलागाईं, मनोज थापा रहेका छन् ।

त्यस्तै, विषमलाल अधिकारी, लीलालबहादुर थापा, दधिराम न्यौपाने, गिरधरि लाल, झपट बोहरा, दावा लामा, चन्द्रबहादुर खड्का, डम्बर विष्ट, नवीन रोक्का, धर्मराज रेग्मी र दिनेश पन्थीलाई पनि एमालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिइएको छ ।