अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसमा ‘वी आर विथ केपी ओली’ अभियान चलाउनुभएकी ज्वाला केन्द्रीय सदस्य

मधेसमा ‘वी आर विथ केपी ओली’ अभियान चलाउनुभएकी ज्वाला केन्द्रीय सदस्य


काठमाडौं– मधेसमा ‘वी आर विथ केपी ओली’ अभियान चलाउनुभएकी ज्वालाकुमारी साह नेकपा एमालेको केन्द्रीय सदस्य मनोनीत हुनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय कमिटी बैठकले साहलाई केन्द्रीय सदस्य मनोनीत गरेको हो । उहाँले प्रचण्डबाट कम्युनिस्ट आन्दोलन अघि नबढ्ने निष्कर्षसहित प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिनुभएको थियो । माओवादी विद्रोहदेखि नै राजनीतिमा सहभागी हुनुभएकी उहाँ बाबुराम भट्टराई सरकारमा राज्यमन्त्री हुनुहुन्थ्यो ।

प्रदेश सभा सदस्यसमेत रहनुभएकी साहले आफूले सांसद पद त्याग्ने तर नेकपा एमाले नछाड्ने बताउँदै आउनुभएको थियो ।

माओवादीबाट आउनुभएका एमालेका नयाँ केन्द्रीय सदस्यको नामावली
१. रामबहादुर थापा
२. टोपबहादुर रायमाझी
३. लेखराज भट्ट
४. मणिचन्द थापा
५. प्रभु साह
६. टंक आङबुहाङ
७. पासाङ शेर्पा
८. ज्वाला साह
९. टेकबहादुर बलामी
१०. कमल जंग
११. मनोज थापा
१२. विषमलाल अधिकारी
१३. लिलाबहादुर थापा
१४. दधिराम न्यौपाने
१५. दिनेश पन्थी
१६. धर्मराज रेग्मी
१७.नवीन रोका
१८. डम्बर विष्ट
१९. गौरीशंकर थारु
२०. झपट बोहरा
२१. दावा लामा
२२. चन्द्रबहादुर खड्का