अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावल अचानक किन जानुभयो पेरिसडाँडा ?

भीम रावल अचानक किन जानुभयो पेरिसडाँडा ?


काठमाडौं- नेकपा एमालेका नेता भीम रावल पेरिसडाँडा पुग्नु भएको छ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेका बेला उहाँ पेरिसडाँडास्थित माओवादी कार्यालयमा पुग्नु भएको हो ।

नेता रावल बिहान ९ बजेबाट सुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठकमा साढे बजेतिर पुग्नु भएको बताइएको छ ।

माओवादीको बैठकमा सहभागी हुनुको कारण भने नेता रावलले खुलाउनु भएको छैन । यद्यपि उहाँको पेरिसडाँडा प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता रावल व्यक्तिगत कामले पेरिसडाँडा आउनुभएको प्रतिक्रिया दिनु भएको छ । उहाँले रावल सत्ता समीकरण र पार्टी एकताबारे छलफल गर्न नआएको प्रतिक्रिया दिनुभयो ।