अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलिका लागि बोलाएको प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

भोलिका लागि बोलाएको प्रदेश १ को प्रदेशसभा बैठक स्थगित


विराटगनर- प्रदेश १ प्रदेशसभाको चैत २ गतेका लागि बोलाएको बैठक फेरि स्थगित गरिएको छ ।

आइतबार प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गर्नुभएको हो । यसअघि फागुन २० गतेका लागि बोलाएको बैठक पनि सूचना टाँस गरी स्थगित गरिएको थियो ।

प्रदेश १ प्रदेशसभामा सरकारका मुख्यमन्त्री शेरधन राईका विरुद्धको अविश्वास प्रस्ताव फागुन ९ गते टेबुल भएको थियो । सो अविश्वासको प्रस्तावमा छलफल गर्ने कार्यसूचि भएपनि पटक पटक बैठक सूचना टाँस गरी स्थगित हुँदै आएको छ ।

सत्तारुढ दलभित्रको विवाद र प्रदेश सरकारले प्रदेशसभाका लागि बिजनेश नदिएका कारण प्रदेशसभाको बैठक सुचारु गर्न समस्या भएको हो ।