अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकामा हिमपात, २ हजार उडान रद्द

अमेरिकामा हिमपात, २ हजार उडान रद्द


डेन्भर- अमेरिकाको डेन्भरबाट हुने दुई हजारभन्दा बढी उडान रद्द भएका छन् ।

अत्यधिक हिमपातका कारण सप्ताहन्तमा ती उडानहरु रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार शनिबार ७५० र आइतबार १३ सय उडान रद्द भएका हुन् ।

राष्ट्रिय मौसम सेवाले हिमपात भएर १८ देखि २४ इन्चसम्म हिउँ जम्न सक्ने पूर्वानुमान गरिएको जनाएको छ ।

हिमपातले प्राकृतिक प्रकोप तथा दुर्घटना गराउन सक्ने भएकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न सरकारी निकायहरूले सबैलाई आह्वान गरेका छन् ।

उनीहरूले चिसो तथा हिउँबाट बच्न उच्च सतर्कता अपनाउन र दैनिक गतिविधिहरू गर्दा पनि सुरक्षाका उपाय अपनाएर मात्रै गर्न आग्रह गरेका छन् ।