अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खनाल-नेपाललाई प्रधानमन्त्रीको प्रश्न : कुन हैसियतमा ४ गते भेला बोलाउनुभयो ?

खनाल-नेपाललाई प्रधानमन्त्रीको प्रश्न : कुन हैसियतमा ४ गते भेला बोलाउनुभयो ?


काठमाडौं- नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खनाल-माधवकुमार नेपाल पक्षलाई कुन हैसियतामा चैत चार गते भेला भोलाउनुभयो भन्दै प्रश्न गर्नुभएको छ ।

प्राइम टेलिभिजिनको एक कार्यक्रममा उहाँले खनाल-नेपाल पक्षलाई भेला बोलाउने कुनै हैसियत नभएको बताउनुभएको हो ।

‘उहाँहरू पहिले जसो गर्नुहुन्थ्यो, अहिले पनि त्यसैगरी अर्याल होटलमा उहाँहरूका बैठक चलिरहेका छन् । उहाँले कुरै नगरी के हैसियतमा, कुन विधानअन्तर्गत चार गते भेला बोलाउनुभयो ?,’ प्रधानमन्त्रीले प्रश्न गर्नुभयो, ‘२३ गते, २४ गते रुवाबासी केका लागि पेरिसडाँडामा? त्यसभन्दा यता २४/२५ गतेका बैठकहरू केका बैठकहरू हुन् ?’

साथै, प्रधानमन्त्री ओलीले आफू सर्वोच्च अदालतले गरेका फैसलालाई जहिले पनि सम्मान र कार्यान्वयन तयार रहेको बताउनुभयो । ‘न म आत्तिन्छु न म मात्तिन्छु । मैले सर्वोच्चको पहिलो फैसलामा पनि भनेको थिए यो संवैधानिक पक्रिया हो यसमा उत्ताउलिनुपर्ने र आत्तिनुपर्ने कुनै आवश्यकता छैन,’ उहाँले भन्नुभयो, सर्वोच्चको अदलातको फैसला मान्छौँ, कार्यान्वयन गछौँ पहिले पनि भनेका थियौँ । अहिले पनि सर्वोच्चको फैसला मान्छौँ र कार्यान्वयन गछौँ भनिरहेका छौँ ।’

सर्वोच्चले आआफ्नो ठाउँमा जाउ भनेर आदेश दिँदा पनि माधव नेपाल, भलनाथ खनाललगायत भने पेरिसडाँडामै बैठक गरेर बस्नुभएको समेत प्रधानमन्त्री ओलीलले बताउनुभयो ।