अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली र नेपाल पक्षबीच छलफल

२८ गतेको बैठकका निर्णय फिर्ता लिन प्रधानमन्त्रीद्वारा अस्वीकार

२८ गतेको बैठकका निर्णय फिर्ता लिन प्रधानमन्त्रीद्वारा अस्वीकार


काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको निर्णय फिर्ता लिन अस्वीकार गर्नुभएको छ ।

नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच धुम्बाराहीमा भएको पहिलो वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरू फिर्ता लिनुपर्ने अडान राखेको थियो ।

प्रधानमन्त्रीले भने नेपाल पक्षको निर्णय अस्वीकार गर्नुभएको छ  । प्रधानमन्त्री र नेपाल पक्षबीच चार महिनापछि छलफल भएको हो ।

छलफलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पार्टी प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य सुवाचन्द्र नेम्वाङ तथा नेपाल पक्षबाट माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, धनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट उपस्थित हुनुहुन्थ्यो ।