अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिले आज प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्ने

राष्ट्रपतिले आज प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्ने


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्ने हुनुभएको छ ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई साँझ ४ बजे शीतल निवासमा छलफलका लागि बोलाउनुभएको हो ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।