अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दक्षिणकालीमा दुई युवकको शव भेटियो, नजिकै विषादी पनि भेटिएको प्रहरीको भनाइ

दक्षिणकालीमा दुई युवकको शव भेटियो, नजिकै विषादी पनि भेटिएको प्रहरीको भनाइ


काठमाडौं– दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना युवकको शव भेटिएको छ । शुक्रबार दिउँसो अन्दाजी २० र २५ वर्षको पुरुषको शव भेटिएको थियो ।

काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार दुवै जनाको मुखबाट फिँज निस्किएको देखिएको छ । छेउमा सल्फस नामक विषादीको बट्टा पनि भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर र फरेन्सिक विज्ञलाई घटनास्थलमा बेलाएको छ ।

शवको सनाखत भएको छैन ।