अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खगराज अधिकारीको प्रश्न : अविश्वास प्रस्ताव ल्याउन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?

खगराज अधिकारीको प्रश्न : अविश्वास प्रस्ताव ल्याउन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?


काठमाडौं- नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री खगराज अधिकारीले अविश्वास प्रस्ताव ल्याउन नसक्नेले किन प्रधानमन्त्रीलाई नैतिकता सिकाउने भन्द्र प्रश्न गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘नैतिकता त गज्जबको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? अविश्वासको प्रस्ताव ल्याउँछु भनेर फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?’

सांसद अधिकारीले अब सभामुख पनि कुन पार्टीको भनी प्रश्न उठ्नेसमेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘सभामुख महोदय तपाईं निर्वाचित हुँदा नेकपा थियो, अब उपसभामुख चुन्ने हो भने दलीय संलग्नता कसको भन्ने ? अनि नैतिकता कसले कसलाई सिकाउने ?’