अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ एमालेको नयाँ पार्टी कार्यालय (फोटो फिचर)

यस्तो छ एमालेको नयाँ पार्टी कार्यालय (फोटो फिचर)


काठमाडौं– नेपालको सबैभन्दा ठूलो दल नेकपा एमालेले आफ्नो पार्टी कार्यालय सार्ने भएको छ ।

भूकम्पले बल्खुस्थित पार्टी कार्यालय भत्किएपछि अस्थायीरुपमा सञ्चालन हुँदै आएको धुम्बाराहीको पार्टी मुख्यालय थापाथलीमा सार्ने तयारी गरेको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रस्तावित नयाँ कार्यालय भवनको निरीक्षण गर्दै हुनुहुन्छ ।

२०७२ सालदेखि धुम्बाराहीमा रहेको पासाङ ल्याहामु भवनमा सञ्चालन भएको कार्यालय केही दिन भित्रै माइतीघर हाइटस्थित नयाँ भवनमा सर्दैछ । भवनमा १८ वटा कोठा छन् ।

पार्किङलगायतको सुविधासम्पन्न भवन पनि अस्थायी नै हुनेछ । किनभने एमालेले बल्खुस्थित पुरानो पार्टी कार्यालयमा नै वैशाख ७ गते नयाँ भवन शिलान्यास गर्दैछ ।

तस्बिरः चेतन अधिकारी/नेपाली बहस डट कम