अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वडाध्यक्षको निधनमा भीमदत्त नगरपालिकामा विदा

वडाध्यक्षको निधनमा भीमदत्त नगरपालिकामा विदा


कञ्चपुर- भीमदत्त नगरपालिका-५ का वडाअध्यक्ष मदनबहादुर चन्दको निधनमा एक दिन बिदा दिने निर्णय गरिएको छ । नगरपालिका मातहतका कार्यालयमा चैत १५ गते बिदा दिने निर्णय गरिएको हो ।

वडा अध्यक्षको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक स्वरुप बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले बताउनुभयो ।

वडाअध्यक्ष चन्दको शुक्रबार बेदकोट नगरपालिका-६ चुनेपानीमा पिकनिक खान गएका बेला घाँटीमा समस्या देखिएपछि तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्‍याएको र उपचारकै क्रममा उहाँको मृत्यु भएको थियो ।