अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीमा ट्रयाक्टर दुर्घटना, ६ भारतीय नागरिक घाइते

कैलालीमा ट्रयाक्टर दुर्घटना, ६ भारतीय नागरिक घाइते


धनगढी- कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । ​

जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग मर्मतको गर्ने कामदार चढेको से१त ८२५३ नम्बरको ट्रयाक्टर साडेपानीमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

सुखड क्षेत्रमा सोलर सिल (सडकका चिरा पुर्ने) काम गरेर खाना खान बौनियाँतर्फ जाँदै गर्दा आइतबार मध्यान्ह साडेपानी जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भारत नानपाराका २२ वर्षीय गिरधारी लाल, १६ वर्षीय राजु कुमार, २२ वर्षीय कमलेस कुमार, १८ वर्षीय संजय कुमार, २५ वर्षीय नीरज कुमार र २१ वर्षीय चालक मोहम्मद साह घाइते भएका छन् ।

घोडाघोडी अस्पताल सुखडमा उनीहरूको उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । तीव्र गतिमा रहेको ट्र्याक्टर चिप्लिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।