अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घाइते सहचालकलाई कालीगण्डकीमा फाल्ने चालक पक्राउ

घाइते सहचालकलाई कालीगण्डकीमा फाल्ने चालक पक्राउ


स्याङ्जा- घाइते सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ ।

ट्रयाक्टरबाट खसेर घाइते भएका १९ वर्षीय सहचालक गणेश गाहालाई कालीगण्डकी नदीमा फालेर फरार रहेका चालक गल्याङ-८ बंग्राती बस्ने २७ वर्षीय अमित परियारलाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

यही चैत ५ गते राति ८ बजेको समयमा गल्याङ-९ स्थित कालीगण्डकी नदीको साँखरघाटबाट बालुवा लिएर आउँदै गरेको ट्रयाक्टरमा रहेका तीन जनामध्ये एक जना खसेपछि सोही ट्रयाक्टरले किचेर घाइते भएका सहचालक रानालाई पुनः कालीगण्डकीमा लगेर बगाइदिएका थिए ।

उक्त घटनाका प्रमुख प्रतिवादी ट्रयाक्टर चालक परियार श्रीमती र छोरीसहित भारततर्फ भाग्न लागेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङले रूपन्देहीको बेलहिया नाकाबाट शुक्रबार पक्राउ गरेको थियो ।

पक्राउ परेका चालक परियारलाई आज स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।

सोही घटना संलग्न ट्रयाक्टरका अर्का सहचालक गल्याङ-८ बंग्रातीका २१ वर्षीय सुनिल राना चैत ८ गते पक्राउ परेका थिए ।

घटनास्थलबाट प्रहरीले मृतकको एकजोर चप्पल तथा रगत लागेको ढुङ्गासहित अस्थायी नम्बर प्लेट लुअफ १०१२ ट्रयाक्टरलाई नियन्त्रणमा लिएको थियो ।