अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाँकेको नरैनापुरमा आगलागी, एक सय घर जलेर नष्ट

बाँकेको नरैनापुरमा आगलागी, एक सय घर जलेर नष्ट


नेपालगञ्ज- बाँकेको नरैनापुर गाउँपालिका-४ खोदना बस्तीमा भ‍ीषण आगलागी हुँदा एक सयभन्दा बढी घर जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शनिबार दिउँसो करिब ३ बजेतिर बस्तीमा एक्कासि आगलागी भएको हो । फुसले छाएका घर टहरा सबै जलेर नष्ट भएको बताइएको छ ।

आगोलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ५ वटा दमकलको अथक प्रयासबाट नियन्त्रण गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । साथै, घटनामा ३ जना घाइते भएका उहाँले बताउनुभयो ।

उहाँका अनुसार आगलागीको यकिन कारण खुल्न सकेको छैन । नरैनापुर–६, दोन्द्रागाउँमा गत मंगलबार आगलागी हुँदा घर जलेर नष्ट भएका थिए । त्यसअघि फागुन २४ गते पनि नरैनापुर–१ को सुइया गाउँमा आगलागीमा २२ घर गोठ जलेर नष्ट भएका थिए ।