अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘कलियूगका रामचन्द्र’लाई तनहुँमा चुनावी तयारी गर्न बाँस्कोटाको आग्रह

‘कलियूगका रामचन्द्र’लाई तनहुँमा चुनावी तयारी गर्न बाँस्कोटाको आग्रह


काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाले कांग्रेस नेता रामचन्द्र पौडेललाई संसदीय अभ्यास भन्दा बाहिर गएर प्रधानमन्त्री बन्न खोजेको आरोप लगाउनुभएको छ ।

आइतबार एक ट्विट गर्दै बाँस्कोटाले व्यंग्य गर्दै पौडेलको यस्तो अभ्यास कसैले त पत्यादिए पनि हुने नि भन्नुभएको छ । बाँस्कोटाले पौडेललाई कलियूगका रामचन्द्र भन्नुभएको छ । बाँस्कोटाले पशुपतिनाथ पुकार्दै पौडेललाई तनहुँमा गएर कृष्णसित भिड्न चुनावको तयारी गर्न आग्रह गर्नुभएको छ ।

बाँस्कोटाले लेख्नुभएको छ ‘कलियूगका रामचन्द्र प्रधानमन्त्री बन्नका लागि अठारौं प्रयासमा त्यो पनि संसदीय अभ्यास भन्दा बाहिर रहेर । पत्याइदिनु नि कसैले त । हे पशुपतिनाथ बरु चुनावको तयारी गरे राम्रो तनहुँका कृष्णसित ।’