अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले कर्णालीको सिको गरोस् : ज्वाला

एमालेले कर्णालीको सिको गरोस् : ज्वाला


नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलले आज सरकारलाई दिएको समर्थन फिर्ता गर्दै आफ्ना पार्टीका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको छ । केन्द्रमा माधव नेपाल पक्षले समानान्तर कमिटी बनाउँदै अघि बढिरहेका बेला कर्णालीले एमाले एकताको सन्देश दिएको छ । यस विषयमा माधव नेपाल पक्षका कर्णालीका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालासँग नेपाली बहसले छोटो कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको केही अंश ।

एमालेका मन्त्रीहरुले अब राजीनामा दिने हो ?
हो । नेकपा एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । त्यसकारण हामीले सरकार छोड्दैछौं । एमालेबाट मन्त्री भएका तीनजना मन्त्रीलाई संसदीय दलको बैठकले आज फिर्ता आउन निर्देशन पनि दिएको छ । दलको बैठकले सर्वसम्मत निर्णय गरेपछि त हामीले राजिनामा गरिहाल्नु प¥यो नि ।

कर्णालीमा त एमाले एकतावद्ध देखियो नि !
हो हाम्रा केही मतभेदका बाबजुद पनि कर्णाली संसदीय दलमा हामी एकतावद्ध छौं । हामी भन्छौं कर्णालीको सिको केन्द्रले गरोस् । संघीय संसदीय दलले गरोस् ।

केन्द्रका गतिविधि हेर्दा त एमाले विभाजनतिर लाग्दै गरेको देखिन्छ नि ?
सर्वोच्च अदालतको निर्णय पछि एमाले पुनर्स्थापित हो । त्यसैले केन्द्रदेखि तलसम्म एमाले पार्टीलाई एकताबद्ध गर्नुपर्छ । हामीले कर्णालीबाट एकताको सन्देश दिएका छौं । पार्टीलाई एकताबद्ध गरेर लैजानका निम्ति सुझाव पनि दिएका छौं । केन्द्रले पनि पार्टी एकतालाई जोगाएर लैजानुपर्छ भन्ने कर्णालीको मत छ ।