अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाघको आक्रमणमा परी गैँडा गणक पुलिसराम थारूको मृत्यु

बाघको आक्रमणमा परी गैँडा गणक पुलिसराम थारूको मृत्यु


काठमाडौं- गैँडा गणनामा खटिएर ठाकुरद्वारा फर्कने क्रममा ३१ वर्षीय पुलिसराम थारूको बाघको आक्रमणबाट मृत्यु भएको छ । चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट दश जनाको मृत्यु भइसकेको छ ।

गैँडा गणनाकै क्रममा २० चैतमा नवलपरासी (सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका– २ नजीकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएको टोलीलाई जङ्गली हात्तीले शुक्रबार लखेटेपछि हात्तीबाट खसेर पाँचजना घाइते भएका थिए ।

घाइतेमध्ये राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी विनोद श्रेष्ठको अवस्था गम्भीर रहेको र उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैँडा गणनाका क्रममा बाघको आक्रमणबाट मृत्यु भएका कर्मचारीप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

मन्त्री आलेले आइतबार एक विज्ञप्ति प्रकाशित गरी मृतात्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारजनमा गहिरो समवेदनासमेत प्रकट गरेका छन् ।