अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना महामारी नियन्त्रण गर्न हालसम्म कति भयो खर्च ?

कोरोना महामारी नियन्त्रण गर्न हालसम्म कति भयो खर्च ?


काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रण तथा उपचारका लागि सरकारले गरेको खर्च विवरणको श्वेतपत्र जारी गरिने भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सो जानकारी दिनुभएको हो ।

पीसीआर किट, एन्टीजेन कीटलगायत विभिन्न सामग्री किन्न, स्वास्थ्यकर्मीको जोखिम भत्ता, निःशुल्क परीक्षण तथा उपचार, खोप खरीद तथा अभियान सञ्चालन लगायत काम गर्न मन्त्रालयले ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।

अन्य खर्चहरूको श्वेतपत्र जारी गर्न मन्त्रालय तयार भएको र आफू पनि तयार रहेको जानकारी उहाँले दिनुभयो ।