अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य मन्त्रालयको आग्रह : स्वास्थ्यकर्मीले लापरवाही गरे ११३३ मा फोन गर्नू

स्वास्थ्य मन्त्रालयको आग्रह : स्वास्थ्यकर्मीले लापरवाही गरे ११३३ मा फोन गर्नू


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल वा स्वास्थ्यकर्मीले सेवा प्रवाहमा लापरवाही गरे गुनासा टिपाउन आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै मन्त्रालयले सर्वसाधारणलाई कुनै स्वास्थ्य समस्या भए वा सेवा प्रदायकबाट त्रुटी भएमा मन्त्रालयको हटलाइन नम्बर ११३३ मा फोन गर्न आग्रह गरेको हो ।

‘कुनै पनि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा सेवाग्राही सर्वसाधारणलाई कुनै समस्या भए वा सेवा प्रदायकबाट कुनै त्रुटी भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइन ११३३ मा (बिहान ८ देखि बेलुका ८ बजेसम्म) मा फोन गरी वा इमेल ठेगानामा [email protected] मा सम्पर्क गर्नहुन अनुरोध छ,’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘प्राप्त गुनासाहरूप्रति मन्त्रालयको गम्भीररूपमा समन्वय गर्दै गुणस्तरीय सेवा प्रदान हुने व्यवस्था गर्नेछ । साथै, सम्बन्धित निकायसँगको समन्वयमा छानबिन गरी सेवा प्रदायक व्यक्ति वा संस्था दोषी पाइएमा प्रचलित नियमानुसार आवश्यक कारवाही गरिने छ ।’

मन्त्रालयको सूचना :